एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी
काठमाडौं, चैत १० : एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा जारी छ।आज (बिहीबार) को बैठकमा हिजो (बुधबार) को बैठकमा पेस...
काठमाडौं, चैत १० : एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा जारी छ।
आज (बिहीबार) को बैठकमा हिजो (बुधबार) को बैठकमा पेस गरिएका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले लिखित सुझाव र राय प्रस्तुत गर्ने एजेन्डा रहेको छ। त्यसैगरी आउँदो वैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा केन्द्रित छलफल पनि बैठकमा हुनेछ।
केन्द्रीय कमिटीका लागि तय गरिएका ११ एजेन्डामध्ये हिजोको छलफलपछि बाँकी रहेका ९ एजेन्डामा छलफल हुने बताइएको छ।
हिजोको बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पेस गरेका थिए। त्यसैगरी सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए।
ती प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले दिएका रायसुझावका आधारमा अध्यक्ष ओली जवाफ दिनेछन्।
प्रकाशित मिति: १३:०६ बजे, बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











