Kathmandu Press

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा

काठमाडौं, असोज १३ : नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त....

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा

काठमाडौं, असोज १३ : नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गरेका हुन्। 

खुला दिसामुक्त घोषणाले नेपाल स्पष्टतः एक कदम अगाडि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ। यो घोषणाबाट मानिस निरोगी हुने, स्वास्थ्य उपचारमा हुने खर्च घट्ने, संक्रामण रोग कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह, ७७ जिल्लाहरुले गरेको खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपालललाई खुला दिसामुक्त घोषणा गरेका थिए। साथै उनले सन् २०३० सम्म दीगो विकासको लक्ष्य पूरा गर्ने संकल्प पनि गरे।

घोषणापछि कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्ड फहराउँदै तालीको घडगडाहटले स्वागत गरेका थिए।

प्रकाशित मिति: १६:४० बजे, सोमबार, असोज १३, २०७६