Kathmandu Press

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

हेटौंडा, चैत १० : हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर...
हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

हेटौंडा, चैत १० : हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। 

Hardik ivf

बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना ६  त १८४५ नम्बरको खाली ट्र्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिँदा दुर्घटना भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए। 

मृतक स्याङ्तान ट्र्याक्टर चालक हुन्। उनको शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा ३ः३० बजेको समयमा फेला परेको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्