Kathmandu Press

विपक्षी दलले फैलाएको भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : पौडेल 

तनहुँ, चैत १० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् ।...
विपक्षी दलले फैलाएको भ्रमलाई कांग्रेसले चिर्नुपर्छ : पौडेल 

तनहुँ, चैत १० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताए। 

उनले भने, ‘विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन् ।  त्यस्ता भ्रमलाई कांग्रेसले  चिर्नसक्नुपर्छ ।’ कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । 

उनले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको पनि बताए । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उनले चिन्ता व्यक्त गरे । कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिए। कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावानलाई स्थानीय चुनावमा टिकट दिइने बताए। 

प्रकाशित मिति: ११:४१ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्