Kathmandu Press

आज नेपाल थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, चैत १० : आज नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेको छ।आज साँझ ५ः४५ बजे थाइल्यान्डको चोनबुरीमा नेपाल र थाइल्यान्डको खेल हुनेछ।...
आज नेपाल थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, चैत १० : आज नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेको छ।

आज साँझ ५ः४५ बजे थाइल्यान्डको चोनबुरीमा नेपाल र थाइल्यान्डको खेल हुनेछ। एशिया कप छनोटका तयारीका रुपमा नेपाल थाइल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।

Hardik ivf

नेपाल र थाइल्याण्ड एएफसी एशिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दै छन्। त्यहि प्रतियोगितालाई ध्यानमा राखेर मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।

यो खेलले एशिया कप छनोट प्रतियोगिताको तयारीमा मद्दत पुग्ने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताए। तयारी राम्रोसँग चलिरहेको उनको भनाइ थियो।

नेपाल तेस्रो चरणको लागि समूह ए मा छ। यो समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूह सी मा थाइल्यान्ड, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका छन्।

 

प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्