Kathmandu Press

काठमाडौं उपत्यकाका २५ सम्पदास्थलमा विशेष सफाइ

काठमाडौं, चैत १० : महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको काठमाडौँ उपत्यकाका सम्पदा सफाइ अभियानको २३ दिने कार्यक्रम सम्पन्न भएको छ।अभियानको अन्तिम दिन भद्रकाली...
काठमाडौं उपत्यकाका २५ सम्पदास्थलमा विशेष सफाइ

काठमाडौं, चैत १० : महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको काठमाडौँ उपत्यकाका सम्पदा सफाइ अभियानको २३ दिने कार्यक्रम सम्पन्न भएको छ।

अभियानको अन्तिम दिन भद्रकाली मन्दिर परिसर सफाइ गरी कार्यक्रम समापन गरिएको हो। सम्पदा सफाइ अभियानका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका दरबार क्षेत्र, मध्यपुरथिमी नगरपालिकाका सम्पदा क्षेत्र गरी २५ सम्पदास्थलमा सफाइ गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले बताए।

Hardik ivf

सफाइमा स्थानीय बासिन्दा, बागमती एवं काठमाडौं उपत्यकामा सञ्चालित अन्य सरसफाइ अभियानकर्मी, निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक अभियानकर्मीलगायत सहभागी थिए।

 

प्रकाशित मिति: ०८:१८ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्