माओवादी गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ
पोखरा, चैत १० : नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन्।माओवादी गण्डकी प्रदेशको निर्वाचनबाट गुरुङको नेतृत्वमा प्रदेश कमिटी गठन...
पोखरा, चैत १० : नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन्।
माओवादी गण्डकी प्रदेशको निर्वाचनबाट गुरुङको नेतृत्वमा प्रदेश कमिटी गठन भएको हो। उपाध्यक्षमा गुणाकर बस्याल, ज्ञामनाथ गैह्रे र मित्र शरण शर्मा चयन भएका छन्।
त्यस्तै, सचिवमा जगन्नाथ खनाल तथा सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेखबहादुर भण्डारी र टेकबहादुर बिक निर्वाचित भएका छन्। कोषाध्यक्षमा तारा भुषाल निर्वाचित भएका छन्।
प्रदेश समिति सदस्यहरु यसअघि नै चयन भएका थिए। प्रदेश सदस्यहरुबाटै पदाधिकारी चयन भएका हुन्।
प्रकाशित मिति: ०७:४९ बजे, बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











