Kathmandu Press

वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा उलेख्य सुधार

वीरगञ्ज, चैत १० : देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य...
वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा उलेख्य सुधार

वीरगञ्ज, चैत १० : देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ।

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व सङ्कलनमा सुधार आएको हो।

Hardik ivf

गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयले ३४ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि फागुनसम्ममा एक खर्ब चार अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले ३४ अर्ब पाँच करोड बढी अर्थात् एक खर्ब ३८ अर्ब ९४ करोड राजस्व सङ्कलन गरेको छ। यो समीक्षा अवधीको तुलनामा ३२.४६ प्रतिशतले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने डिजेल, पेट्रोल, खाना पाउने एलपी ग्यासलगायतका इन्धन र जिप, कारलागयतका सवारी साधन आयात बढेसँगै कार्यालयको राजस्वमा उत्साहजनक वृद्धि देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। उनले समीक्षा अवधिको तुलनामा चालु आवमा सवारी साधान आयातबाट २१ प्रतिशत र इन्धनको आयातबाट ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताए।

यो अवधिमा २२ अर्ब ८३ करोड मूल्यका विभिन्न सवारी साधन आयात हुँदा २५ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा २८ अर्ब १४ करोड मूल्यका सवारी साधन आयात हुँदा ३१ अर्ब तीन करोड  राजस्व सङ्कलन भएको गुप्ताले बताए।

त्यसै गत आवमा ७० अर्ब ८२ करोड मूल्यको इन्धन आयात हुँदा ३९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको थियो भने चालु आवको सोही अवधिमा एक खर्ब ३४ अर्ब ४८ करोड मूल्यको इन्धन आयात हुँदा ५४ अर्ब ३८ करोड  राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

बढ्दो ब्याजदर र सीमा क्षेत्रमा हुने विभिन्न वस्तुको अवैध ओसारपसारलाई सरकारले नियन्त्रण गरे वीरगञ्ज नाकाको राजस्व सङ्कलनमा थप सुधार हुने उद्योगी  व्यवसायीको भनाइ छ। (रासस)

प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्