तीन दिनपछि हट्यो लेटाङ कर्फ्यू
विराटनगर, चैत १० : मोरङको लेटाङ नगरपालिकामा लगाइएको कर्फ्यू तीन दिनपछि हटेको छ।आज बिहान ६ बजेदेखि कर्फ्यू हटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज...
विराटनगर, चैत १० : मोरङको लेटाङ नगरपालिकामा लगाइएको कर्फ्यू तीन दिनपछि हटेको छ।
आज बिहान ६ बजेदेखि कर्फ्यू हटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाउने निर्णय गरेको थियो।
विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा स्थानीय बासिन्दाले एक शिक्षकलाई थुनेर राखेका थिए। उनलाई सकुसल बाहिर निकाल्ने क्रममा प्रहरीमाथि आक्रमण भएको थियो।
स्थानीय बासिन्दाको आक्रमणमा परी चैत ६ गते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। त्यसपछि चैत ७ गतेदेखि लेटाङमा कर्फ्यू लगाइएको थियो।
यस घटनाको छानबिन गर्न प्रहरीले प्रदेश १ को प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिले बुधबारदेखि नै छानबिन थालेको छ।
प्रकाशित मिति: ०६:५० बजे, बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











