Kathmandu Press

सरकारले कर्मचारीको अहित हुनेगरी निजामती ऐन ल्याउँदैन : मन्त्री बडू

काठमाडाैं, चैत ९ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले कर्मचारीको अहित हुने गरी सङ्घीय निजामती सेवा ऐन नल्याउने बताएका...
सरकारले कर्मचारीको अहित हुनेगरी निजामती ऐन ल्याउँदैन : मन्त्री बडू
Hardik ivf

काठमाडाैं, चैत ९ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले कर्मचारीको अहित हुने गरी सङ्घीय निजामती सेवा ऐन नल्याउने बताएका छन। नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिका पदाधिकारी तथा प्रतिनिधिसँग  मन्त्रालयमा आज भएको छलफलमा उनले कर्मचारीको हितमा ऐन बनाउनुपर्छ भन्नेमा सरकार प्रष्ट रहेकाले सोहीअनुसार आवश्यक छलफल गरिने बताए।

मन्त्री बडूले अघिल्लो सरकारले बनाएको ऐनको मस्यौदामा कर्मचारीको हितविपरीत रहेका प्रावधान हटाउन राज्यव्यवस्था समितिमा आफूले धेरै छलफल गरेको र आफ्नोतर्फबाट लिखितरूपमै ‘नोट अफ डिसेन्ट’ समेत राखिएको जानकारी गराउँदै अहिलेको सरकार कर्मचारीप्रति कहिल्यै पनि असहिष्णु नरहेको स्पष्ट पारे। सङ्घीय निजामती ऐन कर्मचारीकै लागि ल्याइने भएकाले कर्मचारीको सल्लाह र न्यूनतम सहमतिमै ऐन ल्याइने विश्वास दिलाउँदै उहाँले निजामती सेवाको छाताभित्र रहेका कर्मचारीलाई कुनै पनि आधारमा विभेद नगरिने प्रष्ट्याए।

सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले अघिल्लो सरकारले कर्मचारीलाई हतोत्साहित हुने गरी बनाएको ऐनको मस्यौदालाई सुधारेर ऐन आउनेमा आफूहरू विश्वस्त रहेको बताए। उनले स्वचालित, चक्रिय र अनुमान योग्य बढुवा, सङ्घ, प्रदेश र स्थानीय तहका नाममा कर्मचारीबीच गरिएको विभेदलगायत विषयमा लिखत माग पेश गर्दै कर्मचारीको हकहितका कुरा समेटेर ऐन ल्याउने वातावरण निर्माणका लागि मन्त्री बडूलाई आग्रह गरे।

प्रकाशित मिति: २१:०१ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्