Kathmandu Press

संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन् अन्तरिम आदेश 

काठमाडौं, चैत ९ : केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेको संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ...
संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन् अन्तरिम आदेश 

काठमाडौं, चैत ९ : केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेको संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले ५२ जना संवैधानिक अङ्गका पदाधिकारीको नियुक्ति बदर गर्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद लगायतका निकायमा नियुक्तिको आधार र कारण पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायत विभिन्न निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीलाई काम गर्न कानुनी रूपमा सहज भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उपस्थित बहुमत पदाधिकारीले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायमा पटक–पटक गरी ५२ पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । 

प्रकाशित मिति: १९:०३ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्