Kathmandu Press

नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७८ शुभारम्भ

काठमाडौं, चैत ९ : नेपाली सेनाको दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डामा नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७८ शुभारम्भ भएको छ । नेपाली सेना कल्याणकारी...
नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७८ शुभारम्भ

काठमाडौं, चैत ९ : नेपाली सेनाको दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डामा नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७८ शुभारम्भ भएको छ । 

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा शुरु भएको सम्मेलनको प्रधान सेनापति महारथी प्रभुराम शर्माले शुभारम्भ गरेका हुन् । 

Hardik ivf

सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी जम्मा ७ (सात) जिल्लाहरुमा बसोबास गर्ने करीब ६५० जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । 

सम्मेलनलाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नु भई भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सर्वपक्षीय समुन्नति र प्रगति, नेपाली सेनाको बलियो आधार स्तम्भ रहेको बताएका थिए । 

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्