Kathmandu Press

कांग्रेसका दुई भातृ संगठनको तदर्थ समिति गठन, नेविसंघमा शेर्पा र तरुण दलमा गुरुङ

काठमाडौं, चैत ९ : सत्तारुढ नेपाली कांग्रेसले आफ्ना दुई भातृ संगठनको तदर्थ समिति गठन गरेको छ ।कांग्रेसले नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको...
कांग्रेसका दुई भातृ संगठनको तदर्थ समिति गठन, नेविसंघमा शेर्पा र तरुण दलमा गुरुङ

काठमाडौं, चैत ९ : सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना दुई भातृ संगठनको तदर्थ समिति गठन गरेको छ । कांग्रेसले नेपाल विद्यार्थी संघ र तरूण दलमा तदर्थ समिति गठन गरेकाे हाे। 

 कांग्रेस कार्यसिमित बैठकले नेपाल विद्यार्थी संघकाे केन्द्रीय तदर्थ कार्यसमिति अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्‍यक्षमा विद्वान गुरुङ नियुक्त गरेको छ।

गत फागुन ३ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो ।

सोहीका आधारमा आज  नेविसंघ र तरुण दलमा नेतृत्व चयन गरेका हुन् ।

उक्त तदर्थ समितिले स्थानीय, प्रदेश र संघको निर्वाचन सकिएको तीन महिनापश्चात अधिवेशन गरिसक्नुपर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्