भैँसेपाटीमा बन्ने भो एक अर्ब लागतमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय
भैँसेपाटी, असोज १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको सैँब आवास क्....
भैँसेपाटी, असोज १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको सैँब आवास क्षेत्र, भेसेँपाटीमा शिलान्यास गरेका छन्।
प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताए। उनले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मर्नु नपरोस् भन्नका लागि गरिबी लक्ष्यित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पुर्याउने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘हामी देखिने गरी सामाजिक रुपान्तरण र परिवर्तनको दिशामा छौँ। अब कोही पनि बेसहारा भएर सडकमा रहनु पर्दैन । त्यस्ता कोही अलपत्र नागरिक देखिएमा सरकारलाई खबर गर्नुहोला।’
प्रधानमन्त्रीले अगाडि भने, ‘हरेक दिन नेपाल एक कदन अगाडिको नारा मैले दिएको छु। ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुनेछ। गैह्रमुद्दालाई मुद्दा बनाएर विरोध गर्नेहरु थाक्लान् तर सरकार आफ्नो बाटोमा अडिग रहनेछ।’
कुल २७ रोपनी १२ आना जग्गामा ९७ करोड ११ लाख रुपैयाँ लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण विगाले आज आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो।
‘केसी समान्तर जेबी कम्पनी’ ले निर्माण गर्ने सो स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन तीन तले दुई भवन गरी कूल १४ अत्याधुनिक र सुविधासम्पन्न भवन बन्नेछ ।











