एमालेमा चुनावी तालमेलको निर्णय गर्ने अधिकार जिल्ला कमिटीलाई
काठमाडौं, चैत ९ : नेकपा एमाले स्थानीय तहको निर्वाचनमा तालमेलको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीलाई दिएको छ। बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी...
काठमाडौं, चैत ९ : नेकपा एमाले स्थानीय तहको निर्वाचनमा तालमेलको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीलाई दिएको छ।
बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेले सकेसम्म एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्नुपर्ने उल्लेख छ।
स्थानीय तहमा तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्नसक्ने उल्लेख छ । तर यसमा प्रदेश कमिटीको जानकारी र सहमति भने आवश्यक रहने ओलीले उल्लेख गरेका छन्।
केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बसेको पोलिटव्युरो बैठकमा घनश्याम भुसाल, रघुजी पन्त, ठाकुर गैरे लगायतका नेताले वाम एकताको प्रस्ताव गरेका थिए। उनीहरुले कम्युनिस्ट घटकहरुबीच पुनः एकताको आवश्यकता रहेको र त्यसको नेतृत्व एमालेले गर्नुपर्ने बताएका थिए। अध्यक्षमार्फत प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा वाम एकताको विषय समेटिनुपर्ने उनीहरुको माग थियो।
तर, ओलीले वाम एकतालाई भने प्रतिवेदनमा समेटेका छैनन्।











