तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन :
काठमाडाैं, चैत ९ : नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने दाबी गरेका...
काठमाडाैं, चैत ९ : नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने दाबी गरेका छन्।
रिपोटर्स क्लबले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले गठबन्धन रहर नभएर बाध्यता भएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन जारी रहने बताएका हुन्।
उनले नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनको लागि गठबन्धन तोड्न नहुने धारणा राखे। त्यस्तै कांग्रेसका नेता डा. रणबहादुर रावलले अहिलेपनि पाँच दलीय गठबन्धनको आवश्यकत्ता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए। गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्ने उनको भनाइ छ।
साक्षात्कारमा माओवादी केन्द्रका नेता हिमाल शर्माले अहिलेपनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वाभाविक नै भएको बताए। सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रुपमा छलफल चलिरहेको उनको भनाइ थियाे।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताए। स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रुपले गरिरहेको पनि सुवेदीले बताए।






