Kathmandu Press

पहिराे खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा, चैत ९ : गन्यापधुरा  गाउँपालिका–१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ।सडक माथिबाट...
पहिराे खस्दा भीमदत्त राजमार्ग अवरुद्ध
Hardik ivf

डडेल्धुरा, चैत ९ : गन्यापधुरा  गाउँपालिका–१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ।

सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि  राजमार्ग अवरुद्ध भएको जिल्ला  प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेकासवारी साधनबीच बाटोमै रोकिएका छन्।

सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्