Kathmandu Press

मन्त्री आलेसँग सलमान खानले भने- सगरमाथा आरोहणका लागि तयार छु

काठमाडौं, चैत ९ : नागरिक, उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानलाई सगरमाथाको आरोहणका लागि प्रस्ताव गरेका छन्।   सांगीतिक कार्यक्रमका लागि...
मन्त्री आलेसँग सलमान खानले भने- सगरमाथा आरोहणका लागि तयार छु

काठमाडौं, चैत ९ : नागरिक, उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानलाई सगरमाथाको आरोहणका लागि प्रस्ताव गरेका छन्।  

सांगीतिक कार्यक्रमका लागि आगामी जेठ १४ गते नेपाल आउन लागेका अभिनेता खानलाई आज (बुधबार) सोल्टी होटलबाट गरिएको एक भर्चुअल कार्यक्रममार्फत मन्त्री आलेले अभिनेता खानलाई नेपाल आएका बेला सगरमाथा आरोहणका लागि औपचारिक रूपमा प्रस्ताव राखेका हुन्।

मन्त्री आलेको सो प्रस्तावलाई अभिनेता खानले सकारात्मक रूपमा लिए। एनले बिस्तारै बिस्तारै भए पनि अवश्य सगरमाथा चढ्ने भनेर प्रतिक्रिया दिएका थिए। मन्त्री आलेसँगको संक्षिप्त कुराकानीमा अभिनेता खानले विगतमा ‘बुलन्द’ नामक फिल्मको सुटिङका लागि नेपाल आएको समरण गरे। 

सोही क्रममा मन्त्री आलेले अभिनेता खानलाई उनका आगामी फिल्म तथा टिभी सोका लागि पनि नेपालमा स्वागत गर्ने बताएका थिए। खानले कथाको माग भए अवश्य पनि नेपालमा छायांकनका लागि आउने विश्वास दिलाएका थिए।

साथै मन्त्री आलेले सगरमाथाको हवाई सफरका लागि पनि निम्ता दिएका थिए। साे निम्तालाई पनि खानले स्वीकार गरे र सगरमाथाको हवाई सफर गर्ने वचन दिए।

अभिनेता खानसहित नायिकाद्वय सोनाक्षी सिन्हा र ज्याक्लिन फर्नान्डेज, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, अन्य कलाकार मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकरलगायत नेपाल आउनेछन्।

ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहले अभिनेता खानसहित अन्य कलाकारलाई नेपाल ल्याउन लागेका हुन्। कार्यक्रम दशरथ रंगशालामा हुने आयाेजकले जनाएकाे छ।

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, चैत ९, २०७८