जलवायु परिवर्तनले पर्वतीय वातावरणमा पारेको असरप्रति सबैको ध्यान जानुपर्छ : प्रधानमन्त्री
काठमाडाैं, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण पर्वतीय वातावरण परेको असरप्रति सबैको ध्यान जानुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा वन तथा वातावरण...
काठमाडाैं, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण पर्वतीय वातावरण परेको असरप्रति सबैको ध्यान जानुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले सवै क्षेत्रमा असर पारिरहेको भन्दै यस विषयमा नेपालको एजेन्डालाई प्रभावकारी रुपमा अघि बढाउनेसमेत बताए।
उनले विश्वका हिमाली देशहरुसंग पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीका विषयमा सहकार्य आवश्यक रहेको धारणा राखे। सम्मेलनमार्फत पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा हुने छलफल महत्वपूर्ण हुने उनको भनाइ छ।
दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २ सय जनाको सहभागिता छन्। सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच विधामा कार्यपत्र प्रस्तुति र छलफल हुने मन्त्रालयले जनाएको छ।










