Kathmandu Press

टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

काठमाडौं, चैत ९ : टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा चोभारमा दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा एकजना समिर गिरी रहेकाे  जनाइएकाे छ। मृतक अर्का...
टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

काठमाडौं, चैत ९ : टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा चोभारमा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एकजना समिर गिरी रहेकाे  जनाइएकाे छ। मृतक अर्का एकजनाकाे सनाखत हुन बाँकी छ।

ना१ज ६३५४ नम्बरको टाटा सुमोले चोभारबाट बल्खुतर्फ आउँदै आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा चालक र त्यसमा सवार व्यक्तिको दुर्घटना भएको महानगरीय प्रहरी परिसर टेकुले जानकारी दिएको छ।

सुमोको ठक्करपछि गम्भीर घायते भएका उनीहरूलाई उद्धार गरेर बयोधा अस्पताल बल्खु पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकहरुले दुवैलाई मृत घोषित गरेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्