सर्वोच्चको बृहत इजलासमा आज पनि सुनुवाइ
काठमाडौं, माघ २२: दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको मुद्दाको सुनुवाई आज तोकिएको छ । गत बिहीबारदेखि बृहत इजलासमा शुरु भएको सुनावाइले मंगलबार....

काठमाडौं, माघ २२: दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको मुद्दाको सुनुवाई आज तोकिएको छ । गत बिहीबारदेखि बृहत इजलासमा शुरु भएको सुनावाइले मंगलबार पनि निरन्तरता पाउने भएको हो ।
एनसेलको लाभकर विवादको विषयमा अन्तिम सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको इजलासमा भइरहेको छ । गत असोज १८ देखि मुद्दाको अन्तिम सुनुवाइ शुरु भएको थियो । नियमानुसार, अन्तिम सुनुवाइ शुरु भएपछि रोक्न नमिल्ने भएपनि यसअघिका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले रोकेका थिए ।
त्यसयता रोकिएको उक्त मुद्दा चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीशमा नियुक्त भएपछि पुनः शुरु गरेका छन् । बृहत इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधिसहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान रहेका छन् ।
सर्वोच्चले गत भदौ २८ गते खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गर्ने निर्णय गरेको थियो । कागजात प्राप्त भएपछि असोज १८ बाट अन्तिम सुनुवाइ प्रारम्भ भएको थियो ।
अन्तिम सुनुवाइ शुरु भएपनि यसअघिनै अन्तरिम आदेशका कारण लाभांश लैजाने सुविधा एनसेलले उपयोग गरिसकेको छ ।
सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेपछि लाभकर वापतको कर नतिरी केही रकम विदेश लगे पनि कर कसले बुझाउने भन्ने विवाद बाँकी नै रहेको छ । विवाकै कारण सरकारले ७० अर्बभन्दा बढी रकम कर असुल गर्न पाएको छैन ।
एनसेलको लाभकर विवादमा रकम विदेश लैजान अनुमति दिएको भनी आलोचना भइरहेको समयमा राणाले आफूसहितको इजलासमा उक्त मुद्दाको पेशी राखेपछि अब कस्तो फैसला आउला भन्ने चासो बढेको छ । एनसेल र रिनोल्ड होल्डिङ्सले सर्वोच्चमा रिट हाल्दै आफ्नो पक्षमा आदेश लिई रकम विदेश लगेका थियो ।
कर छलीको प्रकरण ०५८ असार ७ गतेदेखि नै शुरु भएको नयाँ तथ्य खुलेको हो । एक कम्पनीबाट अर्कोमा सेयर स्थानान्तरण गर्ने र त्यसवापतको लाभकर नतिर्ने लामो समयदेखिको खेल भएको समेत पाइएको छ ।











