Kathmandu Press

नेपालमा बर्सेनि ६९ हजार नयाँ क्षयरोगी थपिन्छ : क्षयरोग केन्द्र

काठमाडाैं, चैत ९ : नेपालमा वार्षिक रुपमा ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा बुधबार...
नेपालमा बर्सेनि ६९ हजार नयाँ क्षयरोगी थपिन्छ : क्षयरोग केन्द्र

काठमाडाैं, चैत ९ : नेपालमा वार्षिक रुपमा ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. सञ्जय कुमार ठाकुरले नयाँ क्षयरोगका बिरामीहरु वार्षिक रुपमा ६९ हजार थपिने गरेको र १६ हजार जनाको मृत्यु हुने गरेको जानकारी दिए।

Hardik ivf

उनले राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी रहेको बताए।

गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार नेपालमा २८ हजार ६७७ जना बिरामीहरु मात्र उपचारको क्रममा रहेको र उपचार सफलता दर ७३ प्रतिशत रहेको उहाको भनाइ छ। उनले औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा २२ सय रहेको जानकारी दिए।

केन्द्रले ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नारासहित सरकारले मार्च २४ अर्थात् बिहीबार विश्व क्षयरोग दिवस मनाउने जानकारी दिएको छ।

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्