Kathmandu Press

देशलाई समाजवादसम्म लैजान एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

काठमाडाैं, चैत ९ : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको काँधमा विद्यमान समस्या र चुनौतीको सामनासहित देशलाई समाजवाद निर्माणसम्म लैजाने अभिभारा रहेको...
देशलाई समाजवादसम्म लैजान एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

काठमाडाैं, चैत ९ : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको काँधमा विद्यमान समस्या र चुनौतीको सामनासहित देशलाई समाजवाद निर्माणसम्म लैजाने अभिभारा रहेको बताएका छन्।

आज (बुधबार)  राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, भौगोलिक सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति सम्झौताका बाँकी कामलाई पूर्णता दिएर दिगो शान्ति स्थापना, सुशासनयुक्त विकाससहित मुलुकलाई समृद्धिमा लान कटिबद्ध हुनुपर्ने बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा होमिने भएकाले त्यसको तयारीका लागि जनपरिचालन, सङ्गठनात्मक र अन्य कामका बारेमा निर्णय गर्ने जनाए। एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको उल्लेख गर्दै उनले यसबारे कुनै भ्रम नपाल्न आग्रह गरे। 

'वर्तमानको जनादेश र राष्ट्रलाई अगाडि बढाउने नीति र व्यवहारका दृष्टिले एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो,' उनले भने, 'यो लोकतान्त्रिक आन्दोलनको पनि संगठित इतिहासको विरासत बोक्ने पार्टी हो, एकता र एकीकरणको निरन्तरताको इतिहास बोकेको मूलधारको पार्टी हो भन्न अप्ठ्यारो मानिरहनुपर्दैन।'

स्थानीय तहको आशन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बसेको बताइएको छ। बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरुको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन्। बैठक बिहीबारसम्म चल्नेछ।

प्रकाशित मिति: १५:१० बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्