फेसबुकमा रेणुमाथि अपशब्द प्रयोग गर्ने युवक पक्राउ
चितवन, असोज १३ : भरतपुर महानगरपालिका मेयर रेणु दाहालमाथि फेसबुकमा अपशब्द प्रयोग गर्ने एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयले चित....
चितवन, असोज १३ : भरतपुर महानगरपालिका मेयर रेणु दाहालमाथि फेसबुकमा अपशब्द प्रयोग गर्ने एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयले चितवनकै खैरहनीका ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। चितवनमा कार्यक्रम गर्न खोज्दा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि सामाजिक संजालमा दाहालको विरोध गरिएको थियो। केहीले उनमाथि अपशब्द प्रयोग गरेका थिए।
दाहालको चरित्र हत्या हुने गरी अपशब्द लेखिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। एक दर्जनभन्दा बढी व्यक्तिविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ। ति सबै उजुरीलाई उजुरी साइबर क्राइम ब्यूरोमा पठाइएको र त्यहाँबाट पनि अनुसन्धान थालिएको एसपी मल्लले बताए।
भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका शाहीमाथि चितवनमा भएको आक्रमण भएको थियो।






