Kathmandu Press

यातायात व्यवस्था कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द हुने

काठमाडाैं, चैत ९ : देशभरका यातायात व्यवस्था कार्यालयको सेवा आज (बुधबार) साँझ ५ बजेदेखि अनिश्चितकालका लागि बन्द हुने भएको छ।विभागका सर्भरहरुमा विद्युतीय समस्या...
यातायात व्यवस्था कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द हुने

काठमाडाैं, चैत ९ : देशभरका यातायात व्यवस्था कार्यालयको सेवा आज (बुधबार) साँझ ५ बजेदेखि अनिश्चितकालका लागि बन्द हुने भएको छ।

विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न सेवा बन्द गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ। 

सर्भरमा देखिएको समस्या समाधान नभएसम्म यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवा अवरुद्ध हुने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूसालले जानकारी दिए।

विभागले सर्भर बन्द हुँदा सेवाग्राहीलाई हुन जाने असुविधाप्रति क्षमायाचना पनि गरेको छ। यातायात व्यवस्था कार्यालयको सर्भरमा बारम्बार यस्तो समस्या आउने गरेको छ।

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्