Kathmandu Press

कीर्तिमानी आरोही निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने

 काठमाडौं, चैत ९ ः कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उहाँलाई यहाँ सम्मान गर्न लागिएको हो । निर्मल...
कीर्तिमानी आरोही निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने

काठमाडौं, चैत ९ : कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उहाँलाई यहाँ सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पूर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । 

उनी गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताए। उनका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर हुँदै नारायणी तिरसम्म अभिनन्दन यात्रा, ३ बजेदेखि सांस्कृतिक कार्यक्रम, ४ बजे नारायणी नदी किनारमा सम्मान र साँझ ६ बजे वृत्तचित्र प्रदर्शन गरिने छ। 

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गर्नुभएका पूर्जाले ती हिमाल आरोहणका लागि छ महिना छ दिन लगाउनुभएको थियो । नेपालका आठ, पाँच पाकिस्तानका र एउटा चीनको हिमाल आरोहण गर्नुभएका पूर्जा भरतपुर महानगरपालिका–१ रामनगर निवासी हुन्। सन् १९८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा जन्मनुभएका पूर्जा छ वर्षको उमेरदेखि रामनगरमा बस्दै आएका हुन्। 

सन् २०१२ डिसेम्बरबाट निर्मल पूर्जाले हिमाल चढ्न सुरू गर्नुभएको हो । उनले आठ हजार मिटरमाथिका १४ हिमाल आरोहण गरेको कीर्तिमान छ । यो कीर्तिमानी उनले दुई वर्षअघि नै बताएका हुन्। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्–हो थिए। उनले १४ हिमालको आरोहण सक्न सात वर्ष १० महिना छ दिन लगाएका थिए। सन् १९८७ मा कायम गरेको कीर्तिमान उनले ३० वर्षपछि छोटो समयमा सम्पन्न गरेर भङ्ग गरेहा हुन्। 

बेलायतको इष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्वगोर्खा आरोही पूर्जालाई सम्मान गरेको थियो । पूर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दी बरो’ उपाधिसहित सम्मान गरिएको हो । उनी नेपाल पर्वतारोहण सङ्घको सद्भावना दूतसमेत रहेकी छन्। उनी कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्। 

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्