एमाले केन्द्रीय कमिटी बैठक जारी, यी हुन् ११ एजेन्डा
काठमाडौं, चैत ९ : एमाले केन्द्रीय कमिटीको बैठक कार्की बैंक्वेटमा बबरमहलमा जारी छ। बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन...
काठमाडौं, चैत ९ : एमाले केन्द्रीय कमिटीको बैठक कार्की बैंक्वेटमा बबरमहलमा जारी छ।
बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।
त्यस्तै प्रदेश अध्यक्षहरूको रिपोर्टिङलगायत ११ वटा एजेन्डामा छलफल गर्ने बताइएको छ। यसअघि बसेको पोलिटब्युरोको पहिलो बैठकले ती एजेन्डा तय गरेको थियो।
ती एजेन्डा यसप्रकार छन्ः
१. रिपोर्टिङ, २. राजनीतिक प्रतिवेदन, ३. विभागहरूको गठन, ४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, ५. घोषणापत्र तयारी, ६. पार्टीको वार्षिक क्यालेन्डरको तयारी, ७. पार्टी स्थापना दिवस, ८. निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, ९. सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन, १०. लेखा तथा आर्थिक व्यवस्थापन विनियम र ११. विविध ।
प्रकाशित मिति: १३:५३ बजे, बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











