Kathmandu Press

ज्ञानन्द्र शाही आक्रमणको अनुसन्धान गर्न समिति गठन

चितवन, असोज १३ : भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन ....

ज्ञानन्द्र शाही आक्रमणको अनुसन्धान गर्न समिति गठन

चितवन, असोज १३ : भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन।

चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो। ‘के, कसरी घटना घट्यो र संलग्न व्यक्तिको पहिचान गर्न समितिले काम गर्नेछ,’ मल्लले भने।

समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। सोही आधारमा दोषीलाई कारवाही गर्न सहज हुने उनले बताए।

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा आक्रमण भएको थियो।

उनी चढेको माइक्रोबसमा आक्रमण भएको हो। क्रममा घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो। उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको थियो।

प्रकाशित मिति: १४:१६ बजे, सोमबार, असोज १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्