जिल्ला अदालत कास्कीमा तोडफोड
पोखरा, चैत ९ : जिल्ला अदालत कास्कीमा तोडफोड भएको छ।मंगलबार राति तीनवटा कोठाको ताल्चा फुटाएर अदालतको १ नम्बर च्याम्बर, ६ नम्बर इजलास र...
पोखरा, चैत ९ : जिल्ला अदालत कास्कीमा तोडफोड भएको छ।
मंगलबार राति तीनवटा कोठाको ताल्चा फुटाएर अदालतको १ नम्बर च्याम्बर, ६ नम्बर इजलास र बेन्चमा तोडफोड गरिएको हो।
बुधबार बिहान कार्यालय तोडफोड भएको अवस्थामा पाइएको अदालतले जनाएको छ। तोडफोडका लागि प्रयोग गरिएको रड त्यही नै भेटिएको जनाइएको छ।
तीनवटा कोठामा रहेका चारवटा दराज चाबी भेटिएकाजति खोलेको, अरु फुटाएको र चाबी फुटाउन नसकेको दराज त्यसै छाडिएको अवस्थामा देखिएको अदालतको भनाइ छ।
तोडफोडबारे जानकारी पाइएलगत्तै प्रहरीलाई खबर गरिएको र अहिले अनुसन्धान जारी रहेको बताइएको छ। तोडफोडमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ।
चोरी नै भएको हो कि तोडफोड मात्र हो भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रकाशित मिति: १३:४१ बजे, बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












