आइओसीका उच्च अधिकारी नेपालमा
काठमाडौं, चैत ९ : इन्डियन आयल कर्पोरेसन्स (आइओसी) का उच्च अधिकारीहरु नेपाल आएका छन्।भारतबाट इन्धन आयात सम्झौताको खाका तयार गर्न आइओसीका बिजनेस डेभलपमेन्ट...
काठमाडौं, चैत ९ : इन्डियन आयल कर्पोरेसन्स (आइओसी) का उच्च अधिकारीहरु नेपाल आएका छन्।
भारतबाट इन्धन आयात सम्झौताको खाका तयार गर्न आइओसीका बिजनेस डेभलपमेन्ट प्रमुख सञ्जीव जेनको नेतृत्वमा वित्त विभाग प्रमुख, आपूर्ति विभाग प्रमुखसहित ६ सदस्यीय टोली सोमबार नेपाल आएको हो।
‘आइओसी टोलीसँग इन्धन ढुवानी सम्झौताबारे मंगलबार छलफल थालिएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार अन्तिम खाका तयार भएपछि सरकारलाई बुझाइने र सरकारबाट स्वीकृत भएपछि सम्झौतामा हस्ताक्षर हुनेछ।
भारतबाट इन्धन आयातका लागि नेपाल आयल निगम र आइओसीबीच पाँचपाँच वर्षमा सम्झौता हुन्छ। पछिल्लोपटक २०१७ मार्चमा गरिएको सम्झौता २०२२ मार्चमा सने भएकाले नयाँ सम्झौताका लागि आइओसीका उच्च अधिकारीहरू नेपाल आएका हुन्।
प्रकाशित मिति: १३:१३ बजे, बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












