Kathmandu Press

काठमाडौं विश्वकै छैटौं प्रदूषित राजधानी

काठमाडौं , चैत ९ : काठमाडौं विश्वकै छैटौं प्रदूषित राजधानी बनेको को छ। विश्वको सबैभन्दा प्रदूषित राजधानीमा भने भारतको दिल्ली परेको छ।  विश्वका प्रदूषित...
काठमाडौं विश्वकै छैटौं प्रदूषित राजधानी

काठमाडौं , चैत ९ : काठमाडौं विश्वकै छैटौं प्रदूषित राजधानी बनेको को छ। विश्वको सबैभन्दा प्रदूषित राजधानीमा भने भारतको नयाँ दिल्ली परेको छ।  

विश्वका प्रदूषित सहरहरूको सूचीमा भने काठमाडौं ११औं स्थानमा छ। विश्वको सबैभन्दा प्रदूषित सहर भने पाकिस्तानको लाहोर बनेको छ।

Hardik ivf

वायु गुणस्तर मापन गर्ने स्विट्जरल्यान्डको कम्पनी आइक्यु एयरले सार्वजनिक गरेको सन् २०२१ को नतिजाअनुसार विश्वका १०७ राजधानीमध्ये नेपालको काठमाडौं छैटौं स्थानमा देखिएको हो।

बंगलादेशको ढाका दोस्रो प्रदूषित राजधानी बन्न पुगेको छ। प्रदूषित राजधानीमा चादको नाजामेना तेस्रो, ताजिकिस्तानको दुसान्बे चौथो र ओमानको मस्काट पाचौं स्थानमा रहेका छन्। 

विश्वको सबैभन्दा प्रदूषित मुलुकको सूचीको पहिलो स्थानमा बंगलादेश पर्दा नेपाल १०औं स्थानमा रहेको छ। दोस्रोमा चाद, तेस्रोमा पाकिस्तान, चौथोमा ताजिकिस्तान तथा पाँचौंमा भारत रहेका छन्। 

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्