Kathmandu Press

इलामको शिविरमा एघार सयको स्वास्थ्य जाँच

मंगलबारे, चैत ९ : इलाम नगरपालिका–७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय दुईजनाले सेवा लिएका छन् । सोमबार र मङ्गलबार...
इलामको शिविरमा एघार सयको स्वास्थ्य जाँच

मंगलबारे, चैत ९ : इलाम नगरपालिका–७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय दुईजनाले सेवा लिएका छन् । सोमबार र मङ्गलबार सञ्चालित दुईदिने शिविरमा जिल्लाका विभिन्न क्षेत्रमा बासिन्दाले सेवा लिएका हुन्। 

इलाम अस्पतालमा सञ्चालित शिविरमा जिल्लाभरिबाट सेवा लिन आएको बताइएको छ । शिविरको पहिलो दिन ५८७ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ५१५ जनाले सेवा लिएका छन् । त्यसमा सबैभन्दा बढी हाडजोर्नीका ३७७ बिरामीले सेवा लिएका छन् । त्यस्तै छालाका २८७ बिरामीले सेवा लिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए। 

दुई दिनमा नाक, कान र घाँटीका मात्र दुई सय बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर शिव पण्डितले जानकारी दिए। शिविरमा हाडजोर्नी विशेषज्ञसहित मुटुरोग, नाक, कान घाँटी, छाला, फिजिसियन एवम् रेडियोलोजी विशेषज्ञको सेवासमेत उपलब्ध गराइएको थियो। 

इलाम–७ ले गएको वर्ष कोरोना महामारीबाट वडावासीलाई जोगाउन रु १० लाख रकम खर्च गरेको थियो । यस वर्षसमेत इलाम अस्पताललाई रु १० लाख रकम कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै वडाले विनियोजन गरेको थियो । सोही रकमबाट शिविर सञ्चालन गरिएको इलाम–७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए। शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।  

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्