सरकारले बेच्ने जिउँदो खसीको मूल्य प्रतिकिलो ५५० रुपैयाँ
काठमाडौं, असोज १३ : दशैंका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने खसी र च्यांग्राको मूल्य तोकेको छ।
व्याप....
काठमाडौं, असोज १३ : दशैंका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने खसी र च्यांग्राको मूल्य तोकेको छ।
व्यापार कम्पनीले लिमिटेडले खसी, बोकालगायतको मूल्य तोकेको हो। कम्पनीले जिउदो खसी प्रतिकिलो ५५० र च्यांग्रा ७३० रुपैयाँमा बिक्री गर्ने भएको छ। खसी र च्यांग्राको मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको कम्पनीले जनाएको छ।
राजधानीका लागि कम्पनीले सोमबार खसीबोका र च्यांग्रा ल्याउदै छ। एक परिवारको लागि एउटा खसीमात्रै बिक्री गर्न सकिने कम्पनीले जनाएको छ।
त्यस्तै कम्पनीले खसी किन्दा चिह्नमा पनि ध्यान दिनुपर्ने जानकारी दिएको छ। खसीको चिह्नको सिम्बल हेरेर खसि किन्न उपभोक्तालाई आग्रह गरेको छ।
सिंङमा हरियो रङ पोतेको खसी स्वस्थ र रातो रंग पोतिएको खसी अस्वस्थ रहेको संकेत गरेको छ।
यस वर्षको दशैको लागि मात्र हेपो संस्थाले ५२ हजार खसी बोका छुट्याएको छ। खसीबोका संघले दुई हजार छुट्याएको छ।
आपूर्ति मन्त्रालयले दशैंको समयमा काठमाडौंमा खसी, बोका, भेडा, च्यांग्रा अभाव नहुने बताएपनि चौपाय खरिद बिक्री संघले भने अभाव हुने जनाएको छ।
संघका अध्यक्ष सन्तोष खत्रीका अनुसार, झण्डै २२ हजार खसी, बोका अपुग हुनेछ। जसले गर्दा मूल्य बढ्ने उनको भनाइ छ।
अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो दुई सय रुपैयाँ बढिसकेको छ। जिउदो खसी प्रतिकेजी ६५० रुपैयाँमा बिक्रि गरिदै आएको छ। गत वर्ष दशैंमा प्रतिकिलो ५४० रुपैयाँका दरले खसी, बोका बिक्री भएका थियो।






