Kathmandu Press

२५ डिएसपीको सरुवा, १० जिल्लाका प्रहरी प्रमुख फेरिए (सूची)

काठमाडौं, चैत ९ : नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार...
२५ डिएसपीको सरुवा, १० जिल्लाका प्रहरी प्रमुख फेरिए (सूची)

काठमाडौं, चैत ९ : नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनुपर्ने भएकाले डिएसपीको सरुवा गरिएको बताएको छ। 

डिएसपीको सरुवासँगै १० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। डिएसपी ईन्चार्ज हुने म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, पश्चिम रुकुम, पूर्वी रुकुम सहित १० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। 

प्रहरी प्रधान कार्यालयलय जारी गरेको सूचनानुसार सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर खटाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार दार्चुलामा प्रतीक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई पठाइएको छ। 

सोलुखुम्बुमा कार्यरत डिएसपी कबित कटुवाललाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयल टंगाल तानिएको छ भने ताप्लेजुङमा कार्यरत बाल नरसिंह राणालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयको कार्य शाखामा सरुवा गरिएको छ। 


 

प्रकाशित मिति: ११:४४ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्