एआइजी बढुवा सिफारिस प्रकरण : लोक सेवा आयोगले माग्यो लिखित जवाफ
काठमाडौं, चैत ९ : तीन जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरिएको बारे लोकसेवा आयोगले बढुवा समितिसँग लिखित जवाफ मागेको छ। बढुवा सिफारिसप्रति असन्तुष्ट रहेका...
काठमाडौं, चैत ९ : तीन जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरिएको बारे लोकसेवा आयोगले बढुवा समितिसँग लिखित जवाफ मागेको छ। बढुवा सिफारिसप्रति असन्तुष्ट रहेका डिआइजीहरुले उजुरी दिएपछि आयोगले बढुवा समितिको सचिवालयसँग लिखित जवाफ मागेको हो।
आफूभन्दा जुनियर डिआइजीहरुलाई एआइजी बढुवामा सिफारिस गरेको भन्दै ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सोमबार लोक सेवा आयोगको कार्यालय पुगेर उजुरी दिएका थिए।
उजुरीपछि गुनासो सुन्ने समितिको सोमबार नै बसेको बैठकले ‘बढुवा सिफारिसका सम्बन्धमा के कसो भएको हो ?’ भनि सचिवालयसँग जवाफ मागेको हो।
गृहसचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले चैत १ गते डिआइजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गरेको थियो । समितिले वरिष्ठताको आधारमा एआइजी सिफारिस नगरेको भन्दै वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डिआइजीहरुले उजृुरी दिएका हुन्।
बढुवाबारे उजुरी सुन्ने समितिको अध्यक्ष लोक सेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ । यो समितिमा मुख्य सचिव र कानुन सचिव रहन्छन् । त्यसको सचिवालय लोक सेवा आयोगमा रहन्छ ।











