Kathmandu Press

इलाममा दुई हजार किलो छुर्पी बरामद

मङ्गलबारे, चैत ९ : इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका-४ जोरकलसस्थित मेची...
इलाममा दुई हजार किलो छुर्पी बरामद
Hardik ivf

मङ्गलबारे, चैत ९ : इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका-४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो।

प्रदेश १-०१-००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो।

जिप चालक इलामको सूर्योदय नगरपालिका-२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०७:३१ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्