एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं, चैत ९: नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ।आज बिहान ११ बजे बबरमहलमा केन्द्रीय कमिटी बैठक बोलाइउको एमालेका केन्द्रीय प्रचार....jpg)
काठमाडौं, चैत ९: नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
आज बिहान ११ बजे बबरमहलमा केन्द्रीय कमिटी बैठक बोलाइउको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनाएका छन्।
उनका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदनमाथि छलफल हुनेछ।
यससँगै केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्नेछन्। आगामी स्थानीय चुनावको घोषणापत्र र उम्मेदवार छनोट मापदण्डका विषयमा पनि छलफल हुने जनाइएको छ।
एमाले केन्द्रीय कमिटी बैठक दुई दिन चल्नेछ। यसअघि सोमबार पोलिटब्युरो बैठक बसेको थियो।
प्रकाशित मिति: ०७:२६ बजे, बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











