Kathmandu Press

प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज

काठमाडौं, चैत ९ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा सुरु हुँदै छ।यस महाधिवेशनबाट आगामी तीन वर्षका...
प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज

काठमाडौं, चैत ९ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा सुरु हुँदै छ।

यस महाधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ। महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध चयन भइसकेका छन्।

अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन्। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ।

महाधिवेशनमा दुई हजार तीन सय प्रतिनिधि सहभागी हुने प्याब्सनले जनाएको छ।

प्रकाशित मिति: ०६:५८ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्