Kathmandu Press

लेटाङमा आजबाट कर्फ्यू केही खुकुलो

विराटनगर, चैत ९ : प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा लगाएको कर्फ्यू आजदेखि केही खुकुलो पारिएको छ।शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेका भन्दै स्थानीय बासिन्दा विरोधमा...
लेटाङमा आजबाट कर्फ्यू केही खुकुलो

विराटनगर, चैत ९ : प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा लगाएको कर्फ्यू आजदेखि केही खुकुलो पारिएको छ।

शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेका भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए। उनीहरुले आरोपित शिक्षकलाई विद्यालयको कोठामा थुनेर राखेका थिए।

उनलाई सुरक्षित बाहिर निकाल्ने क्रममा स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गरेका थिए। प्रहरीको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।

त्यसपछि सोमबार बिहानैदेखि जिल्ला प्रशासन कार्यालयले लेटाङमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो। दुई दिन लगातार कर्फ्यू लागू हुँदा जनजीवन प्रभावित भएको थियो।

आज बिहानदेखि कर्फ्यूलाई केही खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले ६ घण्टा आवागमन गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको थियो।

जसअनुसार, आज बिहान ६ बजेदेखि १० बजेसम्म र अपराह्न ४ बजेदेखि ६ बसेम्म कर्फ्यू खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो समयमा स्थानीय बासिन्दालाई आवतजावत गर्न र आवश्यक काम गर्न छुट दिइएको छ।

प्रकाशित मिति: ०६:४३ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्