Kathmandu Press

सप्तरीकाे राजगढ गाउँपालिकाले १० वर्षे खानेपानी, सरसफाई तथा स्वच्छता योजना ल्याउने

काठमाडौं, चैत ८ : सप्तरीको राजगढ गाउँपालिकाले १० वर्षे खानेपानी, सरसफाई तथा स्वच्छता योजना ल्याउने भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले खानेपानी, सरसफाई तथा...
सप्तरीकाे राजगढ गाउँपालिकाले १० वर्षे खानेपानी, सरसफाई तथा स्वच्छता योजना ल्याउने

सप्तरी, चैत ८ : सप्तरीको राजगढ गाउँपालिकाले १० वर्षे खानेपानी, सरसफाई तथा स्वच्छता योजना ल्याउने भएको छ । 

मंगलबार बसेको कार्यपालिका बैठकले खानेपानी, सरसफाई तथा स्वच्छता (खासस्व) योजना तयार गरी लागू गर्नका लागि गाउँसभामा सिफारिस गरेको हो । 

Hardik ivf

वेल्टहंगरहिल्फे र साझेदार संस्था महुली सामुदायिक विकास केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाले १० वर्षे खानेपानी, सरसफाई तथा स्वच्छता योजना तयार गरेकाे छ। 

नेपाल सरकारको योजना अनुरुप ‘खासस्व योजना’मा राजगढ गाउँपालिकाको पूर्ण स्वामित्व, समन्वय र संलग्नता रहने गाउँपालिका अध्यक्ष परमानन्द यादवले जानकारी दिए । उनका अनुसार यो योजना स्थानीय सरकार संञ्चालन ऐन, २०७४ मातहत सञ्चालन हुनेछ। 

सरकारको पूर्ण स्वामित्वमा रहेको यो योजना एन-वास एमआइएस (NWASH MIS) अनलाइन डाटावेशमा आधारित भएको र आगामी दिनमा थप अध्यावधिक गर्ने, आवश्यक सूचना तथा तथ्यांकहरुको विश्लेषण गर्दै जाने अध्यक्ष यादवले बताए । 

यो योजना सन् २०२० देखि सन् २०३० सम्म लागू हुनेछ । 

यस्तै, मंगलबारको कार्यपालिका बैठकले विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि–२०७४ (प्रथम संशोधन २०७६) का विषयमा छलफल गरी पारित गर्न गाउँसभामा पेश गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्