Kathmandu Press

टियू मैदानमा हुने एकदिवसीय र टि–२० सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौं, चैत ८ : आगामी साता टियू क्रिकेट मैदानमा हुने एकदिवसीय र टि–२० सिरिजका लागि नेपाली टिमको घोषणा गरिएको छ।पपुवा न्युगिनीसँगको एकदिवसीय तथा...
टियू मैदानमा हुने एकदिवसीय र टि–२० सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौं, चैत ८ : आगामी साता टियू क्रिकेट मैदानमा हुने एकदिवसीय र टि–२० सिरिजका लागि नेपाली टिमको घोषणा गरिएको छ।

पपुवा न्युगिनीसँगको एकदिवसीय तथा मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टि–२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले छुट्टा-छुट्टै टिम घोषणा गरेको हो। 

टिममा यू–१९ टिमका कप्तान देव खनाल र आदिल अन्सारीले राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका छन्। यस्तै, दिलिप नाथ र अनिल साहले पनि टिममा पुनरागमन गरेका छन् । यता, अनुभवी खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी भने टिममा अटाउन सकेनन् । 

क्यानले घोषणा गरेको टिममा दुवै सिरिजमा ७ खेलाडी परेका छन् । जसमा कप्तान सन्दीप लामिछानेसँगै आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरी छन्। 

अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की एकदिवसीय टिममा मात्र सामवेश छन्।

यस्तै आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र अदील अन्सारी टी–२० टिममा मात्र छन्।

नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। खेल चैत ११ र १२ गते टियू मैदानमा हुने छ । यस्तै, पपुवा न्युगिनी र मलेसियासम्मिलित त्रिकोणात्मक सिरिज  चैत १४ देखि २१ सम्म हुने छ। 

एकदिवसीय टिम : सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल, भीम सार्की, पवन सर्राफ, देव खनाल, गुल्शन झा । 

टि–२० टिम : सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, सागर ढकाल,  अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल, आदिल अन्सारी ।

प्रकाशित मिति: २०:२७ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्