Kathmandu Press

कुशल र एन्जिलालालाई पछि पार्दै एलिनाले जितिन् पिपुल् च्वाइस अवार्ड

काठमाडौं, चैत ८ : एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको चर्चित विधा पिपुल्स च्वाइस अवर्डा टेबल टेनिसकी एलिना महर्जनले जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले...
कुशल र एन्जिलालालाई पछि पार्दै एलिनाले जितिन् पिपुल् च्वाइस अवार्ड

काठमाडौं, चैत ८ : एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको चर्चित विधा पिपुल्स च्वाइस अवर्डा टेबल टेनिसकी एलिना महर्जनले जितेकी छिन् । 

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस् अवार्डमा दर्शकको भोटिङ, फेसबुकमा आएको लाइक र प्रशिक्षकको आधारमा एलिनाले पिपुल च्वाईस अवार्ड जितेकी हुन् ।

यसक्रममा एलिनाले क्रिकेटर कुशल भुर्तेल, महिला फुटबलर एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ब्याडमिन्टरका प्रिन्स दाहाललाई पछि  पारिन् । भोटिङमा एन्जिला दोश्रो र  कुशल तेश्रो स्थानमा रहे ।

‘अवार्ड लिँदै एलिनाले मनोनयनमा पर्दा नै खुसी भएको र अवार्ड नै जित्दा झनै खुसी र उत्साहित भएको बताइन् । उनले परिवार नेपाल पुलिस, भोट गर्ने सबैलाई धन्यवाद दिइन्। एलिनाकै घरमा पिपुल्स च्वाईस अवार्ड दोस्रो पटक भित्रिएको हो । यसअघि एलिनाकी भाउजु नविता श्रेष्ठले यो अवार्ड जितेकी थिइन् ।

यस्तै, नेपाली राष्ट्रिय फुटबल टिमले ‘अफ द इयर’ अवार्ड जित्यो । फुटबल टोलीले २०७७ सालमा ५ खेल खेलेको थियो । त्यसमध्ये १ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको थियो ।

प्रकाशित मिति: १९:१२ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्