Kathmandu Press

पर्वतीय पर्यटन समस्या समाधानबारे टानले गरायो कर्णाली प्रदेश मन्त्रीको ध्यानाकर्षण 

काठमाडौं, चैत ८ : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले कर्णाली प्रदेश, उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री छिरिङ्ग डन्दुल लामालाई पर्वतीय...
पर्वतीय पर्यटन समस्या समाधानबारे टानले गरायो कर्णाली प्रदेश मन्त्रीको ध्यानाकर्षण 

काठमाडौं, चैत ८ : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले कर्णाली प्रदेश, उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री छिरिङ्ग डन्दुल लामालाई पर्वतीय पर्यटनमा देखिएको समस्याहरु समाधानको लागि ध्यानाकर्षण गराएको छ।

टानका अध्यक्ष खुम बहादुर सुवेदीले मन्त्री लामालाई स्वागत गर्दै पर्वतीय पर्यटन ब्यवसाय र ब्यवसायीहरुको राष्ट्रको ढुकुटी बिदेशी मुद्रा भित्र्याउने र बिदेशी तथा स्वदेशीलाई देशको कुना-कप्चा, हिमश्रंखला ताल तलैया, मठ-मन्दिर नदिनालाको सहि प्रबर्द्धन गरि स्थानीय बासिन्दाहरुले, प्रदेश सरकार तथा केन्द्रिय सरकारले आर्थिक, सामाजिक, बौद्धिक र धार्मिक बिकासमा टेवा पुग्ने बताए। 

Hardik ivf

कार्यक्रममा बोल्दै मन्त्री लामाले पर्वतीय पर्यटनमा धेरै गम्भीर बिषयहरुलाई आफुले समाधानको निम्ति कार्य अगाडि बढाउने प्रतिवद्वता जनाउँदै व्यवसायिक हितका लागि प्रदेशले गर्नुपर्ने कामलाई आफुले गम्भीरताको साथ लिएको बताए। 

कार्यक्रममा टानका कार्यसमिति सदस्यहरु प्रेम बहादुर लामा, ठाकुर प्रसाद सापकोटा, बल बहादुर समारी, जितेन्द्र तरेली मगर, कर्णाली पर्यटन ब्यवसायी समाजका अध्यक्ष जग बुढा मगर, टानका पुर्व सदस्य जङ्ग लामा तथा पर्यटन ब्यवसायी छेवाङ्ग लामा, टानकी महासचिव सरिता लामा लगायतको उपस्थित रहेको थियो। 

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्