स्थानीय तह निर्वाचनको जानकारी दिन कल सेन्टरको स्थापना
काठमाडौं, चैत्र ८ : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिनका लागि कल सेन्टरको स्थापना गर्ने भएको छ । आगामी स्थानीय तह निर्वाचनबारे...
काठमाडौं, चैत्र ८ : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिनका लागि कल सेन्टरको स्थापना गर्ने भएको छ ।
आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्धेश्यले आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको आयोगले जनाएको छ ।
सो नम्बरमा फोन गरेर आगामी चुनावका बारेमा जिज्ञासा तथा प्रश्न सोध्न सकिने बताए । कल सेन्टरमा ६ वटा डेस्क राखिने र एकैपटक १५ वटा फोन उठाउन सकिने ब्यवस्था गर्न लागिएको छ ।
कल सेन्टरको नम्बरमा फोन गरेर मतदाता तथा राजनीतिक दलका नेता÷कार्यकर्ताले सूचना जानकारी लिन सक्ने तथा आचार संहिता उल्लंघनका घटनामा उजुरी दिन सक्ने आयोगको भनाइ छ ।
प्रकाशित मिति: १८:३० बजे, मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











