Kathmandu Press

दुवाकोटको वीर अस्पताल सरकारले बनाउनुपर्छ : स्वास्थ्यमन्त्री 

काठमाडौं, चैत ८ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दातृ निकायले चासो नदेखाए नेपाल सरकारले नै भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्नुपर्ने...
दुवाकोटको वीर अस्पताल सरकारले बनाउनुपर्छ : स्वास्थ्यमन्त्री 

काठमाडौं, चैत ८ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दातृ निकायले चासो नदेखाए नेपाल सरकारले नै भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्नुपर्ने बताएका छन्। 

मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमनका साथै स्थानीयसंग छलफल गर्दै दातृ निकायको बाटो कुर्दा अस्पताल निर्माण नै अन्यौल भएको भन्दै सरकारलै नै अस्पताल निर्माण गर्नुपर्ने र यसका लागि छलफल गर्ने बताएका हुन्। 

अस्पताल निर्माणका क्रममा देखिएको स्थानीयको समस्या पनि समाधान गर्ने उनले बताए । त्यस्तै उहाले पूर्णरुपमा अस्पताल निर्माण नभएसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा गरे। 

स्थानीयहरुले भने अस्पताल निर्माणका लागि सहयोग गर्न तयार हुँदा पनि राज्यले चासो नदेखाएको गुनासो गरे । स्थानीयहरुको अन्य समस्याका बारेमा पनि सरोकारवालाले कुनै चासो नदेखाउनु दुखद भएको उनीहरुको भनाई छ ।  

कार्यक्रममा वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफुहरु सेवा दिन तत्पर रहेको बताए। 
 

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्