भारतीय प्रतिबन्धले एक किलाे प्याजको मूल्य १४० रुपैयाँ
काठमाडौं, असोज १३ : भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकाशिएको छ। प्याजको मुल्य एकै दिन ६० रुपैयाँ बढेको छ।
सोमबार क....
काठमाडौं, असोज १३ : भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकाशिएको छ। प्याजको मुल्य एकै दिन ६० रुपैयाँ बढेको छ।
सोमबार कालीमाटी तररकारी बजारमा सुकेको प्याजको मूल्य प्रतिकेजी एक सय ४० रुपैयाँ पुगेको छ। आइतबार सुकेको प्याजको मूल्य प्रतिकेजी ८० देखि ९० रुपैयाँ रहेको कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए।
भारतको केन्द्र सरकारले विश्वभर आफ्नो प्याज निर्यातमा आइतबारदेखि प्रतिबन्ध लगाएको थियो। त्यससँगै नेपालमा प्याजको मूल्य रातारात बढेको हो।
श्रेष्ठका अनुसार, दशैंमा प्याजको अभाव सिर्जना हुनेछ। ‘अहिले बजारमा केहि मात्रामा प्याज छ। कति छ भन्ने एकीन छैन,’ श्रेष्ठले काठमाडौंप्रेससँग भने ‘कालीमाटीमा आजैदेखि प्याज अभाव भएको छ। यस्तै हो भने दशैंमा माग धान्न गाह्रो हुनेछ।’
नेपालमा प्याजको उत्पादन एकदमै कम हुने गरेको छ। जसले गर्दा प्याजमा भारतमै निर्भर रहेको उनले बताए।
चीनबाट पनि प्याज आउने गरेको छ। तर, त्यो प्रयाप्त मात्रामा नभएको जनाएको छ।
एकैदिन प्याजको भाउ आकाशिएपछि उपभोक्ता मर्कामा परेका छन्।






