Kathmandu Press

मुलुकभर ४४ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु 

मुलुकभर ४४ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु 

काठमाडौं, चैत ८ : नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ४ हजार ४ सय ९५ पिसिआर परिक्षणका क्रममा ३५ जना र २ हजार ९९ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । 

Hardik ivf

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ सय ८१ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ५ सय ९२ जना निको भएका छन् । 

हाल नेपालमा २ हजार ६ सय ८८ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रकाशित मिति: १७:०८ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्