Kathmandu Press

एमाले सरकारमा आएपछि विकासनिर्माणको कामले तीव्रता लिन्छ : ओली 

काठमाडौं, चैत ८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको बिकास निर्माण प्रभावित भएको दावी गरेका छन्।मंगलबार काठमाडौंमा समाजवादी जनता...
एमाले सरकारमा आएपछि विकासनिर्माणको कामले तीव्रता लिन्छ : ओली 

काठमाडौं, चैत ८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको बिकास निर्माण प्रभावित भएको दावी गरेका छन्।

मंगलबार काठमाडौंमा समाजवादी जनता पार्टी, अभिनेत्री करिष्मा मानन्धर लगाएतलाई एमाले प्रवेश गराउदै ओलीले अदालतको परमादेशबाट एमालेलाई सरकारबाट हटाएपछि बिकास निर्माणको काम अवरुद्ध हुन पुगेको बताएका हुन्। 

ओलीले हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति,पूर्व पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत एमालेले नै गरेको दावी गर्नुभयो ।

त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमतका साथ एमाले सरकारमा आउने भन्दै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए। एमाले सरकारमा आएपछि मुलुकको बिकासको कामले तीव्रता पाउने उनको भनाई छ। अध्यक्ष ओलीले अहिले मुलुकको हरेक क्षेत्रबाट एमाले प्रवेश गर्नेको लहर नै चलेको भन्दै पार्टीमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने तर्क गरे।

त्यस्तै एमाले प्रवेश गर्दै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले देश र जनताप्रति केन्द्रीय भएर काम गर्न एमालमा फर्किएको बताए। १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको भन्दै अहिले टिम ल्याएर आएको धारणा राखे।

त्यस्तै अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको बताए । उनले दोस्रो एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै प्रतिपक्षमा रहे पनि देशको पहिलो पार्टी भएको बताए। 

कार्यक्रममा अध्यक्ष ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि एमाले प्रवेश गराएका थिए। 

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्