मुलुकको विकासका लागि एनआरएनएको ठूलो भूमिका छ : अर्थमन्त्री
काठमडाौं, चैत ८ : अर्थमन्त्री जनार्दन शमाले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान गरेका छन्। मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ एनआरएनएको...
काठमाडाैं, चैत ८ : अर्थमन्त्री जनार्दन शमाले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदूपयोग गर्न आह्वान गरेका छन्।
मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरेका हुन् ।
उनले मुलुकले एनआरएनएप्रति निकै ठूलो विश्वास राखेको धारणा राखे । मुलुकको विकासका लागि पनि एनआरएनएको निकै ठूलो भूमिका भएको उनको भनाई छ । त्यस्तै अर्थमन्त्री शर्माले एनआरएनएका लागि नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै सवैले १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे।
मुलुकको बिकासका लागि बार्षिक १७ देखि २० खर्व लगानी आवश्यक रहेकाले बिभिन्न साझेदार संस्थाबाट ल्याएको लगानी प्रयाप्त नरहेको उनले बताए। अर्थमन्त्री शर्माले मुलुकको पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सरकार इच्छुक रहको उल्ल्ेख गरे।
उनले ग्रामिण अर्थतन्त्रको बिकास नभएसम्म मुलुकको व्यापार घाटा न्युनिकरण गर्न नसकिने बताए।











