दशैंतिहारको विदामा पनि स्वास्थ्य संस्था बन्द नहुने
काठमाडौं, असोज १३ : दशैं र तिहारको विदामा पनि स्वास्थ्य संस्था बन्द नहुने भएका छन्। स्वास्थ्य सेवा संचालन गरिराख्न संघीय मामिला सामान्य प्रशासन मन्त्र....

काठमाडौं, असोज १३ : दशैं र तिहारको विदामा पनि स्वास्थ्य संस्था बन्द नहुने भएका छन्। स्वास्थ्य सेवा संचालन गरिराख्न संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ।
संघीय मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रमा दशैं र तिहारको विदामा पनि स्वास्थ्य सेवा यथावत राख्न आग्रह गरेको छ। मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्य संस्था बन्द नगर्न परिपत्र गरेको हो।
संघीय मन्त्रालयले पठाएको पत्रअनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि मातहतका निकायलाई स्वास्थ्य सेवा संचालन गरिराख्न निर्देशन दिएको हो। मन्त्रालयले सबै स्थानीय तहलाई ११ बुदे निर्देशन पठाएको छ।
अब दशैं र तिहारको विदामा पनि स्वास्थ्य संस्था संचालन हुनेछन्। नियमित स्वास्थ्य सेवा उपलब्ध हुने जनाएको छ।











